नेप्सेमा सर्किट, २० मिनेटको लागि कारोबार स्थगित
२५ फागुन, काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेर सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।
प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुलेको केही मिनेटमै सर्किट लागेको हो । बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो। अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:०८










