२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

२५ फागुन, काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको ब्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिल बहादुर थापा निर्वाचित भएका छन् । यस्तै, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएकाे छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १०:४२