१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा पुरुषोत्तम लाल संघई नियुक्त

२५ फागुन, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिनुभएको छ । फागुन २४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले संघईको राजिनामा स्वीकृत गरेको छ । साथै रिक्त पदमा बाँकी पदावधिका लागि संस्थापक सेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

फागुन २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ ।

प्रकाशित मिति : March 9, 2026 at 10:37 am