२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

एडिलेड नेपाली विद्यालयद्वारा बिद्यार्थीहरुको सम्मान, स्टुडेन्ट अफ द एयर – ड्रिजल र एरोन

एडिलेड । एडिलेड नेपाली विद्यालयले शैक्षिक वर्ष- २०२५का  आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ ।

बिद्यालयले स्टुडेन्ट अफ द एयर २०२५ बाट ड्रिजल बिष्ट र एरोन कडेललाई सम्मानले सम्मानित गरेको छ । यसैगरी विद्यालयमा गत शैक्षिक बर्षमा भर्ना भएका १९७ बिद्यार्थीहरु मध्ये पचास प्रतिसत भन्दा बढि उपस्थित हुने छात्रछात्राहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

विद्यार्थीहरुलाई विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयको स्वयंसेवक शिक्षिका समेत रहेकी साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य मञ्जु खड्का, विद्यालयको मातृ संस्था एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दहाल सहितले सम्मान गर्नु भएको थियो 

विद्यालयका प्राचार्य हिमाल राज कडेलले बालबालिकाहरुमा नियमित विद्यालय आउने र नेपाली भाषा अध्ययनमा लगाव वृद्धि होस भनेर वर्षको अन्त्यमा पुरस्कृत गर्ने गरिएको बताउनु भयो ।

एडिलेड नेपाली समाजका पव्लिक अफिसर सुरेन्द्र रेग्मीद्वारा संचालित कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

दोस्रो चरणमा विद्यालयका नव नियुक्त प्राचार्य  कडेलले अभिभावकहरु संग अन्तर्क्रिया गर्नु भएको थियो । अन्तर्क्रियामा कडेलले विद्यालय गतिविधी, भावि योजना र अभिभावकहरु संगको अपेक्षा राख्नु भएको थियो भने अभिभावकहरुले समेत विभिन्न प्रश्नहरु राख्नु भएको थियो ।

एडिलेड नेपाली विद्यालयले २०१५ देखि नै एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ ।

उमेर समुह अनुसार तिनबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ ।  

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १०:३७