मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरको लक इन अवधि चैतमा सकिँदै
२५ फागुन, काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरको लकइन अवधि आगामी चैत महिनामा सकिने भएको छ । कम्पनीको कुल ६० लाख ३० हजार ६२८ कित्ता सेयरको लक इन अवधि चैत १९ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक सेयर संख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरुको सेयर संख्या ३२ हजार २८ कित्ता र स्थानीयहरुको सेयर संख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।
कम्पनीले आईपीओ निष्काशन गरी २०७९ चैत २९ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। संचालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०९:२७










