२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२५ फागुन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १४ हजार ७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको म्यादभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने हो सबै व्यहोरा खुलाई निवदेन दिन सक्नेछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०९:१७