रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी
२४ फागुन, काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा। कृष्णहरि बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकी २४ हजार ८०८ मत ल्याएर विजयी हुनुभएको
उहाँका प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत ल्याउनुभएको छ । त्यस्तै, कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेकपामा श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याउनुभएको छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १७:२०










