श्रम संस्कृति पार्टीले जित्यो तीन सिट
२४ फागुन, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ। अध्यक्ष हर्क साम्पाङले सुनसरी-१, आरेन राईले खोटाङ र ध्रुवराज राईले भोजपुरमा जित्नुभएको हो ।
सुनसरी-१ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टी खोटाङमा १६ हजार ६१२ मतसहित आरेन राई विजयी हुनुभएको छ ।
श्रम संस्कृति पार्टीबाट भोजपुरमा १६ हजार ६६३ मत प्राप्त गरी ध्रुवराज राई निर्वाचित हुनुभएको छ । उहाँले एमालेका शेरधन राईलाई पराजित गर्दै राई निर्वाचित हुनुभएको हो। समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १७:०३










