भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज विजयी
२४ फागुन, भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी हुनुभएको छ । राईले कूल १६ हजार ६६३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गर्नुभएको छ ।
भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १६:०४










