स्याङ्जा २ मा रास्वपाका झबिलाल डुम्रे निर्वाचित
२४ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको हो । कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १४:३५










