२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

बर्दिया १ बाट रास्वपाका ठाकुरसिंह थारु निर्वाचित

२४ फागुन, बर्दिया । निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १२:०१