२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै रास्वपाका चौधरी विजयी

२४ फागुन, काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित हुनुभएको हो ।

रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत मात्रै ल्याउनुभएको छ । नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ११:३६