२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतान्तरमा विजयी

२४ फागुन, काठमाडाैँ । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतान्तरमा विजयी हुनुभएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको यो सबैभन्दा कम मतान्तरको जित हो ।

dainiki.com

पोखरेलले १३,९५३ मत प्राप्त गर्दा दोस्रो हुनुभएको नेपाली कांग्रेसका कुमार लुईटेलले १३,९४८ मत प्राप्त गर्नुभयो । नेकपाका अमिरबाबु गुरूङले ११,२९६ मत प्राप्त गर्नुभयो भने एमालेकी अस्मिता थापाले १०,७२० मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १०:२७