नुवाकोट १ मा रास्वपका विक्रम तिमल्सिनाको अग्रता थप फराकिलो
२४ फागुन, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिनाले अग्रता थप फराकिलो बनाउनुभएको छ । तीन पूर्वमन्त्रीलाई पछि पार्दै उहाँले २३४१ मतको अग्रता लिनुभएको छ ।

अहिलेसम्मको मतगणना परिणामा अनुसार डा तिमल्सिनाले १३,६८३ मत प्राप्त गर्नुभएको छ । दोस्रोमा रहनुभएको नेपाली कांग्रेसका डा प्रकाशशरण महतलले ११,३४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपाका हितबहादुर तमाङले ९,२८३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका बद्री मैनालीले ५,६२० मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ककनी, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको मतगणना सकिएको छ । लिखु गाउँपालिकाको तीन वटा वडाको सकिएको छ भने अब तीन वटाको बाँकी छ । त्यसपछि सूर्यगढी र शिवपुरी गाउँपालिकाको मतगणना हुनेछ । निर्वाचन अधिकृतको कार्यालय खरानीटारमा मतगणना जारी छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०६:३८










