२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

सर्लाही–४ मा अमरेशकुमार गगनभन्दा झण्डै दोब्बर मतले अगाडि

२३ फागुन, बरहथवा (सर्लाही) । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाउनुभएको छ । नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १६:३५