२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

केपी ओलीलाई पराजित गर्दै झापा ५ मा बालेन्द्र शाह विजयी

२३ फागुन, झापा । चार पटक प्रधानमन्त्री भैसक्नु भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरमा पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

dainiki.com

२४,२५४ मतगणना बाँकी छँदै बालेन विजयी हुनुभएको हो । ८२,११८ मत गन्दा बालेनले ५२,०९६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै ओलीले १४,०३१ मत प्राप्त गर्नुभएको छ । बालेन ३८,०६५ मतले अघि हुनुहुन्छ । झापा–५ मा १,०६,३७२ मत खसेको थियो । अब २४,२५४ मत गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १४:१७