८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

झापा-३ बाट रास्वपाका प्रकाश पाठक विजयी

२३ फागुन, भद्रपुर (झापा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी हुनुभएको छ । उहाँले ३८ हजार ६७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

dainiki.com

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४, नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले आठ हजार १९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हरिबहादुर राजवंशीले सात हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले सात हजार ३३९ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा कूल एक लाख ४० हजार ८५७ मतदाता रहेकामा ८८ हजार ५६१ मत खसेको थियो ।

प्रकाशित मिति : March 7, 2026 at 6:42 pm