भक्तपर-२ मा रास्वपाका राजीव खत्री विजयी
२३ फागुन, भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले जानकारी दिनुभयो । यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १३:४७










