२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी

२३ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । १६ हजार ८७८ मतसहित पन्थी विजयी हुनुभयो । उहाँले ४९६ मतान्तरमा विजय प्राप्त गर्नुभयो ।

dainiki.com

दोस्रो हुनुभएको नेकपा (एमाले)का उमेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार श्रीराम महतले तीन हजार ७९ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १२:५०