कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
२३ फागुन, कैलाली । कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ । उहाँले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १२:३९










