२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

१६५५१ मतान्तरमा नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछाने विजयी

२३ फागुन, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अच्युतम लामिछाने विजयी हुनुभएको छ । उहाँ १६५५१ मतान्तरमा विजयी हुनुभएको हो । उहाँले ३२ हजार ५४ मत प्राप्त गर्नुभएको छ ।

dainiki.com
dainiki.com

दोस्रो हुनुभएको नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो हुनुभएको नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपाका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११:४८