नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछाने जित नजिक
२३ फागुन, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डा अच्युतम लामिछानेले भारी मतान्तरमा विजयी हुने गरी जित निश्चित गराउनु भएको छ। लामिछानेले क्षेत्र नम्बर २ अन्तर्गतका पाँच मध्ये चार पालिकामा मतगणना सम्पन्न हुँदा निरन्तर अग्रता लिँदै झण्डै ६ हजारको मतान्तर बनाउनुभएको छ ।
अहिलेसम्म विदुर नगरपालिका बाहेक बेलकोटगढी नगरपालिका, म्यागाङ गाउँपालिका, तार्केश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा लामिछानेले १६१३२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका जगदिश्ववरनरसिंह केसीले १०२२१ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशवराज पाण्डेले ५५३२ मत प्राप्त गर्नुभएको छ भने नेकपाका हिरानाथ खतिवडाले ५१८६ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ०६:०६










