२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

कास्की ३ मा २४९७० मतान्तरमा रास्वपाको विना गुरूङ विजयी

२२ फागुन, कास्की । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेता विना गुरुङ विजयी हुनुभएको छ। मतगणना परिणाम अनुसार गुरूङ २४ हजार ९ सय ७० मतान्तरमा विजयी हुनुभएको छ । विनाको ३७ हजार ७ सय ५० मत प्राप्त भएको छ ।

दोस्रो हुनुभएको नेपाली काँग्रेसका नेता मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो बन्नुभएको नेकपा एमालेका नेता दामोदर बैरागीको ७ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।

dainiki.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २३:४८