१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पाँचथरमा श्रम संस्कृतिको अग्रता कायमै

२३ फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचनको जिल्लामा जारी मतगणनामा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले अग्रता कायमै राख्नुभएको छ ।

बिहीबार सम्पन्न निर्वाचनमा मिक्लाजुङ गाउँपालिकाका सबै ८ वटा वडाको मतगणना सम्पन्न हुँदा शेर्माले दुई हजार ८९५ मत पाउनुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले एक हजार ८२४ मत, नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले एक हजार ६०४ मत, नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले एक हजार २३० मत पाउनुभएको छ ।

यहाँ राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले ३६४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले ३११ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ११७ मत, नेपाल जनमुक्ति पार्टीका नरेन्द्रकुमार कुरुम्बाङले ३२ मत, राष्ट्रिय मुक्ति पार्टीका मित्र लिङ्देनले ३१ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १९ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले १६ मत, नेकपा (माओवादी)का विजय नेम्बाङले ७ मत, जसपा नेपालका मचिन्द्रप्रसाद बेघाले ५ मत, नेपाल मजदुर किसान पार्टीका लछुमान तामाङले चार मत र मंगोल नेशनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १० मत पाउनुभएको छ ।

जिल्लामा ७१ हजार ११० मत खसेको थियो । मिक्लाजुङपश्चात तुम्बेवा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 7, 2026 at 7:10 am