२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

२९३७९ मतान्तरमा काठमाडौँ १० मा रास्वपाका प्रदीप विष्ट विजयी

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ । उहाँले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नु भएको छ । उहाँले २९३७९ मतान्तरमा विजय प्राप्त गर्नुभएको छ ।

निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत प्राप्त गर्नुभएको छ ।

dainiki.com

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ । सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी उहाँले दिनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २३:३८