२३८२३ मतान्तरमा काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली विजयी
२२ फागुन, काठमाडौँ । काठमाडौँ ७ मा रास्वापको गणेश पराजुली विजयी हुनुभएको छ । उहाँ २३८२३ मतान्तरमा विजयी हुनुभएको छ । पराजुलीले २७,८०५ प्राप्त गर्नुभएको छ ।

दोस्रो हुनुभएको कांग्रेसका प्रमोदहरि गुरागाईंले ३९८२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो हुनुभएको नेकपाका वसन्तप्रसाद मानन्धरले ३,६६७ मत प्राप्त गर्नुभएको छ भने चाैथो स्थानमा रहनुभएको एमालेका प्रकाश श्रेष्ठले ३५४४ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २३:२५










