२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

सर्लाही ४ मा अमरेशसँग पछि परे गगन थापा

२२ फागुन, काठमाडाैँ । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ।

प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अघि छन्। यसपछि नेपाली कांग्रेसका उम्मेदवार गगन थापा छन्। उनले ७४४ मत ल्याएका छन्।

जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत ल्याएका छन्। अहिले बलरा नगरपालिकाका वडाहरूको मतगणना भएको हो। यही पालिकामा रास्वपा उम्मेदवार अमरेशको घर छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १३:३४