२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

मुस्ताङबाट कांग्रेसले खाेल्याे जितकाे खाता, योगेश गौचन विजयी

२२ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट जितकाे खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएकाे हाे ।

गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी हुनुभएकाे थियाे ।

गौचनले ३ हजार ३०७ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमालेका इन्द्र धारा विष्टले १ हजार ८०६ मत प्राप्त गर्नुभयाे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७५९ मत पाउनुभएकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १२:१९