२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

काठमाडौँ–१ मा रास्वपाको रञ्जु दर्शनाको जित निश्चित, मतगणना जारी

२२ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने दर्शनाले १३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । योसँगै उहाँको जित निश्चित भएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:१२