२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

कांग्रेस र एमाले मिलेको चितवन २ मा रवि लामिछानेलाई दोब्बर मतको अग्रता

२१ फागुन, चितवन । कांग्रेस र एमाले मिलेको चितवन २ मा रास्वपा सभापति रवि लामिछानेलाई दोब्बर मतको अग्रता प्राप्त भएको छ । हालसम्म ६ हजार ६२३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ८०१ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका लागि मत दिने निर्णय गरेको नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार २५९ मतसहित लामिछानेलाई पछ्याइ रहनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले १ हजार १५६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसको मिना खरेलले ९१६ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०८:१७