२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

काठमाडाैँ १ मा रास्वपाको रञ्जु दर्शनालाई ५१ प्रतिशत भन्दा धेरै मत

२१ फागुन, काठमाडाैँ । काठमाडाैँ क्षेत्र नम्बर १ मा रास्वपाको रञ्जु दर्शनाले फराकिलो मतान्तरमा जित्ने निश्चित जस्तै देखिएको छ । १७ हजार ६ सय ६३ मत गणना हुँदा रञ्जुले मात्रै ५१ प्रतिशत भन्दा बढी अर्थात ९ हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै पछिपछि कुदिरहनुभएको नेपाली कांग्रेसको प्रवल थापाले ४ हजार ८८ मत प्राप्त गर्नुभएको छ । काठमाडाैँ क्षेत्र नम्बर १ मा होलोले २३ सय ५५ मत प्राप्त गरेको छ भने सूर्यले ७४५ र ताराले २०१ मत प्राप्त गरेको छ ।

यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत पाएर विजयी हुँदा उहाँको प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०७:१९