मुगुमा किरियापुत्रीले गरे मतदान
२१ फागुन, मुगु ।छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् । छायानाथ रारा नगरपालिका–१ निवासी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरु ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
त्यसैगरी, सोही वडाकी अर्की दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १३:०९








