२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

दोलखामा मतपत्र र छाप लुटेपछि प्रहरीले नियन्त्रणमा लियो बुथ प्रतिनिधि

२१ फागुन, काठमाडाैं । दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिनुभयाे ।

उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए। यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाईफायरसमेत गरेको थियो।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:२८