२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

झापा कारागारमा शतप्रतिशत मत खस्यो

२१ फागुन, झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ । कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् ।

मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको उहाँले बताउनुभयो । उहाँले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:33