बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाडौंमै फर्किएर अवतरण
२१ फागुन, काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ । हेली एभरेस्टको हेलिकप्टर झापामा ल्यान्ड नभएपछि काठमाडौँमा त्रिभुवन विमानस्थलमा फर्किरहेको हो ।
बिहान शाह लगायत ०५ सदस्यीय टोली झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुनस् डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको जनाइएको छ । बालने बिहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गर्नुभएको थियो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १०:४७










