दोलखामा हवाई फायर
२१ फागुन, काठमाडौं । दोलखामा हवाई फायर भएको छ । तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले हवाई फार गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १०:३०










