२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किँदा मतपेटिकामा क्षति

२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको जनाइएकाे छ ।

उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ । गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०९:३७