२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे

२० फागुन, काठमाडाैं। मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुट्नुभएकाे छ । तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी यादवलाई छाडिएको हो ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ पर्नुभएकाे यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो ।

गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादव पक्राउ पर्नुभएकाे थियाे । उहाँसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १५:१०