मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
२० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिनुभयो ।
बुधबार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा सुरक्षा समितिको बैठक बसेको थियो। साथै बैठकले गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १४:०१










