दि निलय होटल्सले आईपीओ निष्कासन गर्ने
२० फागुन, काठमाडौं। दि निलय होटल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।
फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते बिहान ११ बजे धादिङको थाक्रे गाउँपालिकास्थित कम्पनीको होटल कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची रहेको छ। साथै, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने वा अन्य वित्तीय साधनमार्फत आवश्यक पूँजी संकलन गर्ने तथा आवश्यक परे मर्जर प्रक्रियामा जाने विषयमा समेत निर्णय गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने र सभाबाट प्रस्तावहरू पारित भए पश्चात कम्पनीले नियामकीय प्रक्रिया पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रकाशित मिति : March 4, 2026 at 10:02 am










