२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

२० फागुन, काठमाडौं। अग्नि सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओको निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।

फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाडौंमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो ।

उक्त सभाबाट सर्वसाधारणलाई आईपीओ जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार ०९:४९