अब ४ दिनपछि मात्र सेयर बजार खुल्ने
१९ फागुन, काठमाडौं । अब ४ दिनपछि मात्रै सेयर बजार खुल्नेछ । २१ गते हुने प्रतिनिधि सभा निवार्चनका लागि फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिइएको छ । त्यसैले अब फागुन २४ गते आइतबार मात्रै सेयर बजार खुल्ने भएको हो ।
यो साता दुई दिन मात्र सेयर बजार खुलेको छ । निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १७:१९










