१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

निर्वाचन अघिको अन्तिम कारोबार दिन उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । मंगलबार नेप्से ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य  घटेकाे छ । २ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज आखु खोलाको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सालपा विकास बैंकको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : March 3, 2026 at 3:16 pm