१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१९ फागुन, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । मंगलबार नेप्से ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य  घटेकाे छ । २ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज आखु खोलाको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी हाइड्रोपावरको साढे २७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ।

प्रकाशित मिति : March 3, 2026 at 3:12 pm