धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
१९ फागुन, काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।
धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा रास्वपाबाट उम्मेदवारी दिनुभएका साहको उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताउनुभयो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १४:४५










