नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
१९ फागुन, काठमाडौं।नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनसकाे कुल २ लाख १२ हजार ६७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, घोराही सिमेन्टको १० प्रतिशत बोनसकाे कुल ४५ लाख ६७ हजार ६८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १४:२६










