प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१९ फागुन, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:४९










