१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

गणपति लघुवित्तले बाेलायाे साधारण सभा, छैन लाभांशको प्रस्ताव

१८ फागुन, काठमाडाैं। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजे नवौँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १०:४०