नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
१८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा भगवति हाइड्रोपावर, अपि पावर र सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ प्रतिशत बोनस सेयर बापतकाे ८ लाख ३२ हजार ९२६ कित्ता सेयर सूचीकृत भएको छ । त्यस्तै अपि पावरको ५ प्रतिशत बोनस सेयर बापतकाे ३० लाख ३७ हजार ९६३.९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, सोल्टी होटलको १५ प्रतिशत बोनस सेयर बापतकाे १५ लाख ३२ हजार ८९८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ०९:५३










