२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, कुनको कति ?

१८ फागुन, काठमाडौं । दुई कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सोपान फर्मास्युटिकल्सले १०० रुपैयाँ अंकित दरका ४२ करोड ९० लाख रुपैयाँ बराबरको कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

यसैगरी, याम्बलिङ हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता आइपीओ जारी गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : 09:19